
काठमाडाैं । समाज डेन्टल हस्पिटलको ९ औँ शाखा जोरपाटीमा खुलेको छ ।
‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उदेश्यका साथ २३ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको ९ औं शाखाले आज देखि जोरपाटी बौद्धमा आफ्नो सेवा सुरु गरेको हो ।
समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २३ औं वार्षिक उत्सवको अवसरमा बौद्ध–जोरपाटीबाट पनि सेवा दिने हेतुले शाखा विस्तार गरेको हो ।
शनिबार एक विशेष कार्यक्रम गरि गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले सेवाको उद्घाटन गरे । चैत महिना र वैशाख महिना भरि १५ % छुट दिने जानकारी हस्पिटलका प्रबन्धक सविन घिमिरेले जानकारी दिए ।
प्रबन्धक घिमिरेले एतिहासिक धार्मिक, सांस्कृतिक शहर बौद्ध जोरपाटी क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे ।
जोरपाटीमा सेवा शुभारम्म गर्दै समाज डेण्टल हस्पिटलका कार्यकारी निर्देशक शंकु घिमिरेले अब यस क्षेत्रमा पनि सुलभ शुल्कमा सबैले दन्तसेवा पाउने र यसरी सेवा विस्तार गर्न पाउदा खुशी लागेकाे बताए ।
समाज डेण्टल हस्पिटलले विगत २३ वर्षदेखि दाँत तथा मुख सम्बन्धी सेवा दिइरहेको छ ।