
काठमाडाैं । म्याग्दीको धौलागिरी बेसक्याम्पमा दुर्घटना भएको हेलि एभरेस्टकी पाइलट सकुशल रहेको खुलेको छ ।
धवलागिरी गाउँपालिका-४ स्थित बेसक्याम्पमा आज बिहान दुर्घटना भएको हेलिकप्टरकी पाइलट प्रिया अधिकारी सुरक्षित रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए ।
उक्त हेलिकप्टरमा पाइलटमात्र सवार रहेकाे बताइएकाे छ ।