• २०८३ असार १२
  • 2026 June 26, Friday

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन तीन दलका शीर्ष नेता सहमत

काठमाडाैं । प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन सहमत भएका छन् ।

बालुवाटारस्थित सभामुख निवासमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहररूको बैठकमा यस्तो सहमति जुटेको हो ।

टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति जनाएका उनीहरूले विषय र प्रक्रियामा पुनः छलफल गर्ने भएका छन् ।

अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा बस्ने बताइएकाे छ ।