वैशाख १ मा रिलिज नहुने ‘नाइँ नभन्नु ल ६’

काठमाडौं । यहि आउदो वैशाख १ गते देखि रिलिज हुने भनियको चलचित्र ‘नाइँ नभन्नु ल ६’ प्रदर्शन रोकिएको छ । वितरक मनोज राठीका अनुसार अब यो फिल्म पूर्वनिर्धारित मिति वैशाख १ गते रिलिज हुनेछैन ।

फिल्मसँग सम्बन्धित एक निर्माताको आर्थिक लेनदेनलाई लिएर चलचित्र विकास बोर्डमा उजुरी परेपछि फिल्म रिलिज प्रभावित भएको हो । डीएस डिजिटल र एफडी कम्पनीले फिल्मका कार्यकारी निर्माता भनिएका सञ्जय न्यौपानेविरुद्ध बोर्डमा उजुरी दिएका थिए । न्यौपानेले डीएस डिजिटललाई ११ लाख र एफडीलाई दुई लाख रुपैयाँ तिर्न बाँकी रहेको उजुरीमा उल्लेख छ ।

डीएस डिजिटलकी प्रमुख शर्मिला पाण्डेले वैशाख २० मा आफूले पैसा पाउने भने पनि नपाएको बताइन् । बोर्डमा परेको उजुरीबारे चाँडै समाधान गर्ने प्रयास भइरहेको बोर्ड सदस्य रवि अधिकारीले बताए । ‘तर बोर्डकै कारण फिल्म रिलिज भने रोकिएको होइन,’ अधिकारीले भने ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बोर्डले सेन्सर सिफारिस गरेर पठाइसकेको बताए । तर पनि फिल्मका निर्माताको आन्तरिक कारणले प्रदर्शन रोकेको हुन सक्ने बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१