
काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले रवि लामिछानेकाे काेर टिममा रहेका व्यक्तिकाे नाम खुलासा गरेका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्नी निकिता पाैडेलसहित अन्य दुईजनाकाे नाम लिएका हुन् ।
मंगलबार एक कार्यक्रममा उनले भने, ‘रवि लामिछानेकाे काेर टिममा उनकी पत्नी निकिता पाैडेल, दीपक बाेहाेरा र डीपी अर्याल रहेछन् ।’ उनले सबै पार्टीमा आफ्ना आफ्ना काेर टिम हुने र आफ्नाे काेर टिममा आफू र आफ्नी पत्नी भएकाे भन्दै मजाक पनि गरे ।
रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले प्रसाईंसँग २ कराेड रुपैयाँ आफू स्वास्थ्यमन्त्री बनेपछि रविकाे काेर टिमलाई बुझाउनु पर्ने भन्दै माग गरेकाे अडिओ सार्वजनिक भएपछि राजनीतिक वृत्तमा याे विषय चर्चामा छ । रास्वपाले पार्टीका सांसद श्रेष्ठमाथि कारबाही प्रक्रिया अघि बढाइसकेकाे छ ।
प्रसाईं यतिबेला ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’काे नेतृत्व गरेर हिँडिरहेका छन् । पछिल्लाे समय उनकाे याे अभियान सहकारी र बैंककाे ब्याजदरकाे विराेधमा केन्द्रित छ ।
साेमबार भएकाे एक कार्यक्रममा उनले आफूसँग विभिन्न पार्टीका ८ जनाले सांसद र मन्त्री बन्नका लागि पार्टीले पैसा मागेकाे भन्ने आशयकाे अडिओ रेकर्ड आफूसँग रहेकाे दाबी पनि गरेका थिए ।
हेर्नुहाेस् भिडिओ :