
काठमाडौं । ‘बिग बोस १३’ बाट चर्चामा आएकी शहनाज गिलले सलमान खानको फिल्म ‘किसिका भाइ किसिकी जान’ बाट बलिउडमा डेब्यू गर्दैछिन् ।
यतिबेला शहनाज प्रेम सम्बन्धको कारण चर्चामा छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी कोरियोग्राफर तथा अभिनेता राघव जुयालको प्रेममा छिन् ।
सोमबार मुम्बईमा फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा सलमानले शहनाज प्रेम जीवनबारे कुराकानी गरेका थिए ।
‘मलाई लाग्छ शहनाज आफ्नो जीवनमा अघि बढ्नुपर्छ । म धेरै कुरा नोटिस गरिरहेको हुन्छु । आफ्नो जीवनको बारेमा नोटिस गरिरहेको छु भने अरू कुरा पनि नोटिस गर्छु। तर म यस विषयमा धेरै बोल्न चाहन्नँ,’ उनले भने ।
केही समयअघि शहनाज र राघव प्रेम सम्बन्धमा रहेको कुरा बाहिरिएको थियो । यसैबीच सलमानले ‘किसिका भाइ किसिकी जान’ को सेटमा एक जोडीको ‘केमेस्ट्री’ देखेको बताएका हुन् ।
इदको अवसर पारेर अप्रिल २१ देखि सलमान खानको फिल्म ‘किसिका भाइ किसिकी जान’ रिलिज हुँदैछ ।
फरहाद सम्जीले निर्देशन गरेको फिल्ममा सलमानसँगै पूजा हेग्डे, शहनाज गिल, राघव जुयाल, पलक तिवारी, भाग्यश्री, भूमिका चावलालगायत कलाकारको अभिनय छ ।