
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना विदेशी र ९ जना नेपाली नागरिकलाई अमेरिकन डलर र युरोसहित पक्राउ गरेको छ ।
दुवई जान लागेका यात्रुलाई चेकजाँच गर्दा सरकारले तोकेको भन्दा धेरै डलर बोकेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालय जनाएकाे छ ।
यात्रुको साथबाट ९ सय १७ युरो र ४५ हजार अमेरिकन डलर प्रहरीले बरामद गरेको छ ।
आरोपीहरुलाई आवश्यक अनुसन्धान र कारवाहीका लागी प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।