एनएमबि बैंकले नयाँ वर्षदेखि सुरु गर्‍याे एनएमबि सजिलो QR कर्जा

काठमाडाैं । एनएमबि बैंकले नयाँ बर्ष २०८० को उपलक्ष्यमा नयाँ बर्ष, नयाँ धमाका नारा सहित एनएमबि सजिलो QR कर्जाको शुरुवात गरेको छ ।

नेपाल सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई आत्मसाथ गर्दै यस बैंकले सर्वसाधारणसम्म वित्तीय पहुँच सुनिश्चिताको लागि आर्टिफिसियल इन्टेलिजेन्स (AI) मा आधारित आन्तरिक प्रविधिको विकास गरी बैंकको QR प्रणालीमा आवद्ध साना, मझौला तथा घरेलु उद्यमको आकश्मिक वित्तीय आवश्यक्तालाई ध्यानमा राखी रु. २ लाख सम्मको एनएमबि सजिलो QR कर्जा प्रदान गर्नेछ ।

अर्थतन्त्रमा वास्तविक रुपले विद्युतीय कर्जा प्रणालीको विस्तार गर्ने, कर्जा प्रक्रियालाई सरलीकृत गर्ने र कर्जाको लागत कम गर्ने उदेश्यका साथ शुरु गरिएको यस कर्जाबाट ग्राहकहरुको ब्यवसायलाई आवश्यक आकश्मिक वित्तीय आवश्यक्ता पूरा गर्न मद्धत पुग्न गइ ब्यवसाय प्रवर्द्धनमा सहयोग पुग्नुको साथै बैंकले प्राथमिकतामा राखेको डिजिटाइजेशनको लक्ष्य प्राप्तिमा कोशेढुंङ्गा सावित हुने विश्वास लिएको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७