बैतडीमा एक युवकको घाँटी रेटेर हत्या

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकामा एक जना युवकको घाँटी रेटेर हत्या गरिएको छ । दोगडाकेदार गाउँपालिका– ८ का ३८ वर्षीय वासुदेव जोशीको घरनजिकै घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न व्यक्तिको परिचय खुलिसकेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रेमबहादुर शाहीले बताएका छन् । शनिबार साँझ बाटो ढुकेर बसेका व्यक्तिले उनको हत्या गरेको उनको परिवारले भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय बैतडी जनाएको छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७