एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‌ओलीले आफूलाई भाइरल ज्वरो आएको बताएका छन् ।

‘अहिले म एन्टिबायोटिक औषधी खाएर निवासमै आराम गरिरहेको छु। तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो। तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन,’ ओलीले भनेका छन् ।

उनले स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा ती क्षेत्रका मतदातालाई भेट्न जाने बताएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७