समीक्षालाई दीपकराजको साथ – अरुले के भन्छन् नसोच !

काठमाडौं । गायिका समीक्षा अधिकारीलाई अभिनेता दीपकराज गिरीले सान्त्वना दिएका छन् । सामजिक सञ्जाल (फेसबुक) मार्फत अधिकारीले लेखेको एक स्टाट्समा गिरीले अधिकारीले लडेरपनि उठ्ने प्रयास गरेको प्रति नमन भनेका छन् ।

समिक्षा अधिकारीले आज मध्यान्ह आफू गलत नभएको र पर्दामा देखाइएका सबै कुरा सही नहुने बताउँदै एक स्टाट्स पोष्ट गरेकी थिइन् ।
उनले लेखेकी छन्, ‘अगाडि बढ्न खोज्छु, मेरा पाइला पछाडि तानिन्छन् । मनभित्रको बह सुनाउन खोज्छु, हाँसो र मजाकको पात्र बन्छु । आफ्ना नजरहरुलाई कतै भुलाउन खोज्छु, जताततै अँध्यारो देख्छु । मेरो पनि तपाईंको जस्तै भावना अनि मन छ । मलाई पनि आँसु झर्दा, दुख्छ, पोल्छ। अब त मेरा हरकुरा अर्थहीन हुन जस्तो लाग्छ । म गलत छैन । म कुनै चरित्रहीन छोरी होइन । पर्दामा देखिएका हर कुरा सही हुँदैनन् । सत्यता मनमा अड्किएर बसेको हुन्छ ।’

उनको एकाएक आएको उक्त स्टाट्स देखेपछि गिरीले सबैलाई स्पष्टीकरण दिन जरुरी नभएको बताएका छन् । बुझ्न नचाहने मान्छेलाई प्राणै त्यागेर दिए पनि नबुझ्ने उनको भनाइ छ । ईश्वरको नाम लिएर अगाडि बढ्ने सुझाव दिँदै अधिकारीको साहस र हिम्मतप्रति आफू सकारात्मक रहेको कुरा पनि उनले आफ्नो भनाइमा उल्लेख गरेका छन् ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७