फिल्म ‘गणपति’ को गीत ‘गाढा भैदियो’ सार्वजनिक

काठमाडौं । निर्माता लक्ष्मण थापाको जेठ ५ गते रिलिज हुने फिल्म ‘गणपति’ को गीत ‘गाढा भैदियो’ सार्वजनिक भएको छ । फिल्मका निर्देशक सबिन अधिकारी हुन् । गीतमा निर्देशक अधिकारीकै शब्द तथा संगीत रहेको छ । अनिश अधिकारी र बेनिशा पौडेलको स्वर रहेको गीतका भिडियोमा फिल्मका मुख्य पात्रहरु मुकुन भुषाल र मेनुका प्रधानको अभिनय छ ।

कोही व्यक्ति कुनैबेला त्यहि समाजको भगवान बन्ने र उहि व्यक्तिलाई हाम्रै समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने बिषयवस्तु कथा बनाएको फिल्ममा मुकुन र मेनुकाको अलवा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टिकाभक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय छ ।

फिल्मले आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने बताए ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७