
काठमाडौँ । मंगलबारपनि सुनकाे भाउ स्थिर रहेको छ । आईतबार, सोमबार र मंगलबार सुनको मूल्य घटबढ भएको छैन ।
नेपाली बजारमा छापावाला सुनको भाउ आजपनि प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ ।
यतै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज प्रतितोला १५ रुपैयाँले घट्दै एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।