
काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीले आफ्नो दोस्रो विकेट लिएका छन् ।
उनले विजय युन्नीलाई १९ बलमा १२ रन बनाएर खेल्न क्रममा क्याच आउट गराएका हुन् । यसअघि उनले विरन्ददीप सिंहलाई आउट गरेका छन् । सिंहले ९४ बलमा ४६ रन हानेका थिए ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले ३९ ओभर सकिँदा ४ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको छ ।
मलेसियाका कप्तान अहमद फैजले ९५ बलमा ८ चौका र १ छक्कासहित ७६ रनको योगदान दिए । दोस्रो विकेटका लागि अहमद फैज र विरनदीप सिंहले १ सय १६ रनको शतकीय साझेदारी गरेका थिए । स्पिनर सन्दीप लामिछानेले ३४ औं ओभरको दोस्रो बलमा कट विहाइन्डको रुपमा विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका छन् ।
गुलशन झाको बलमा कभरमा सट खेल्ने धुनमा आमिर १७ रनमा दीपेन्द्रसिंह ऐरीबाट सहज क्याच आउट भएका थिए । उनले १८ बलमा ३ चौका प्रहार गरे ।