गायक सुजन चापागाईंको गीत ‘फूलथुंगे रानी’सार्वजनिक

काठमाडौं । गायक सुजन चापागाईंको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । उनले आफ्नै युट्युब च्यानलमार्फत ‘फूलथुंगे रानी’ बोलको गीत सार्वजनिक गरेको हुन । हर्क साउदको शब्द रहेको गीतमा गायक चापागाईंले संगीत भरेका छन् भने संगीत संयोजन कुशल सिंहको छ ।

आर्टमान्डुले निर्माण गरेको गीत भिडिओमा एलेक्स विश्वकर्मा र विभूति सिटौलाको अभिनय छ । दुवैले यही म्युजिकल फिल्ममार्फत् अभिनयमा डेब्यू गरेका छन् ।

‘फूलथुंगे रानी’ लाई आर्टमान्डुले अस्कर अन्तर्राष्ट्रिय कलेजका विद्यार्थीसँगको सहकार्यमा निर्माण गरेको हो ।

निर्देशक नवीन चौहानले भिडिओको कन्सेप्ट बनाउने क्रममा पुरानै ढर्रा नदोहोर्याउने निर्णय गरेको बताए ।

गायक सुजनका ‘तीनपाते’, ‘लजाएर’, ‘गाला पुक्क’, ‘घुमी घुमी’, ‘मिलेको जीउ छिनेको कम्मर’, ‘बाफ’ लगायत गीत चर्चित छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७