फिल्म ‘कैदीको पत्र’ को ‘घरै बसुँ पिरै पिर हो’ (भिडिओ)सार्वजनिक

काठमाडौं । यहिँ वैशाख १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘कैदीको पत्र’ को गीत सार्वजनिक भएको छ । सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेशी ‘घरै बसु पिरै पिर हो’ बोलको गीत सार्वजनिक गरिएको हो ।

अभिषेक कार्कीको स्वर रहेको गीतमा फिल्मका अभिनेता पृथ्वीराज खत्री फिचर्ड छन् भने कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारसलाई पनि देख्न सकिन्छ ।

सनम कुमार बैरागको शब्द रहेको गीतमा विनम्र कर्माचार्यले संगीत भरेका छन् । साहित्यकार ईश्वर मानन्धरले लेखेको कथा ‘कैदीको पत्र’ मा आधारित रही यो फिल्म बनाइएको हो ।

यो फिल्मको सम्पूर्ण छायांकन स्कटल्याण्डमा गरिएको हो । फिल्ममा कुनाल र म्याडिशनसँगै सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठलगायत कलाकारको अभिनय छ ।

दिल घले, नानी बैराग, कैलाश विश्वकर्मा र हिराल जोशी फिल्मका निर्माता हुन् । रामेश्वर कार्कीले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१