• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । तीन दिन लगातार स्थिर रहेको सुनको भाउ बुधबार बढेको छ ।

यो साता आईतबारदेखि मंगलबारसम्म १ लाख १० हजार प्रतितोला रुपैयाँमा सुन कारोबार भएको थियो । आज भने छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । सुन आज प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ पुगेको हो ।

यतै तेजाबी सुनको मूल्य पनि बढेको छ । बुधबार तेजाबी सुनको मूल्य १ लाख ९ हजार ७ सय ५० पुगेको छ । अघिल्लो दिनभन्दा आज प्रतितोला २ सय ५० महङ्गीएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँले बढेर एक हजार ४ सय ४५ रुपैयाँ पुगेको छ ।