
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार(आज) नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर १ लाख १० हजार ३ सय रुपैयाँ पुगेको हो ।
यसै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढ्दै १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।