कालिन्चोकमा फिल्म ‘नम्बरी सुन’को तिमी वर म पिपल’ बोलको गीत छायाङ्कन

काठमाडौं । भाद्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘नम्बरी सुन’ युनिट बुधबार कालिन्चोक पुगेको छ । फिल्ममा रहने ‘तिमी वर म पिपल’ बोलको गीत छायाङ्कनका लागि निर्माण युनिट कलाकार सहित कालिन्चोक पुगेको हो ।

गीतमा अभिनेत्री नम्रता सापकोटा र अभिनेता गौरव पहारीको अभिनय छ । अर्जुन पोखरेलको सङ्गीत रहेको गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरिरहेका छन् ।

नारायण खातीको कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव र नम्रताको अलवा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायत कलाकारको अभिनय छ ।

फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन फिल्ममा रहने छ ।

 

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७