
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का विजेता किरण गजमेरको स्वर रहेको गीत ‘कुनै दिन’ सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको शब्द, संगीत छ ।
गीतको भिडियोमा सिम्रन पन्त र सागर खनालको अभिनय छ । भिडियोमा विवाहको लागि इन्गेजमेन्ट गरेका नव जोडीको १५ दिनका विषयवस्तु देखाइएको छ ।
संगीतकार पोखरेलकै निर्देशन रहेको भिडियोमा माइकल चन्दको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र सिलन लम्सालको सम्पादन छ ।