२४ घण्टामा १ सय ८ जनामा काेराेना सङ्क्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार चार सय ५० जनाको नमुना परीक्षण गर्दा एक सय आठ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ६६ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ८६ जना पुगेको छ । अहिले काठमाण्डौ उपत्यकाका संस्थागत आइसोलेशनमा २९ जना, आईसीयूमा सात जना र भेन्टिलेटरमा तीन जनाले उपचार गराइरहेका छन् ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७