
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख दश हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।