फिल्म ‘गणपति’ को गीत ‘ए मेरी आमा’ सार्वजनिक (भिडिओ)

काठमाडौं । मातातीर्थ औंसीको अवसर पारेर फिल्म ‘गणपति’ को गीत सार्वजनिक गरिएको ।

बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत संवादसहित ‘ए मेरी आमा’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतलाई फिल्ममा नै पुरा हेर्न सकिने बताइएको छ ।

गीतमा अभिनेता मुकुन भुषाल र सूर्यमाला खनाललाई देख्न सकिन्छ । प्रविन भेडवालको स्वर रहेको गीतमा सबिन अधिकारीको शब्द तथा संगीत छ ।

सबिन अधिकारीले निर्देशन गरेको फिल्ममा मुकुन र सूर्यमालासँगै मेनुका प्रधान, कविता न्यौपाने, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, सुशील पोखरेल, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ ।

फिल्मको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा गरिएको हो । एबिगम्यान फिल्म्स ब्यानरको फिल्ममा लक्ष्मण थापाको लगानी छ । फिल्मलाई हरिबहादुर घलेले छायांकन गरेका हुन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७