यश चोपडाकाे श्रीमती पामेला चोपडाको मृत्यु

काठमाडौं । भारतीय चर्चित निर्देशक यश चोपडाकाे श्रीमती पामेला चोपडाको मृत्यु भएको छ । उनको बिहीबार बिहान ७४ वर्षकाे उमेरमा मृत्यु भएको हो । उनी आफ्नो श्रीमान यश चोपडाको प्रोडक्सन हाउस यशराज फिल्म्समा लेखक र डिजाइनरको रूपमा काम गर्थिन् ।

उनले सन् १९७० मा यश चोपडासँग विवाह गरेकी थिइन् । उनको श्रीमानको मृत्यु भएको करिब ११ वर्षपछि उनको मृत्यु भएको हो । उनी अभीनेत्री आदित्य चोपडा र उदय चोपडाकी आमा हुन् ।

यशराज फिल्म्सले पामेलाको मृत्यु भएको जानकारी दिदै सामाजिक सञ्जालमा लेखेको छ, ‘मन भारी बनाउँदै ७४ वर्षीय पामेला चोपडाको मृत्यु भएको जानकारी गराउछौं । उनको अन्तिम संस्कार मुम्बईमा बिहान ११ बजे भयो ।’

यश चोपडाले निर्देशन गरेको फिल्म ‘कभी कभी’ को कथा पामेलाले लेखेकी हुन् । उनी अमिताभ बच्चन, जया बच्चन र रेखाको फिल्म ‘सिलसिला’ को डिजाइनर थिइन् ।

उनी पछिल्लो समय नेटफ्लिक्सको सिरिज ‘द रोमान्टिक्स’ मा देखिएकी थिइन् । उक्त सिरिजमा उनले आफ्ना श्रीमान यशराज, उनको काम गर्ने तरिका र व्यक्तिगत जीवनको बारेमा कुरा गरेकी थिइन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७