
काठमाडाैं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले लागु औषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ गरेको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ब्यूरोले लागू औषध कोकिन १ केजी ८० ग्रामसहित भारतीय नागरिक रविन्द्र कुमार र केन्याका नागरिक पिलिसिया वान्जालाई पक्राउ गरेको जनाएको हो ।
काठमाडौं वडा नम्बर १७ मा रहेको एक होटलमा रहेका भारतीय नागरिकको साथमा रहेको कालो रंगको कपडाको झोलाभित्र लागु औषध कोकिन फेला परेको र घटनाको थप अनुसन्धान गर्दा इथोपियाबाट काठमाडौंसम्म ल्याई भारतीय नागरिकलाई कोकिन दिने केन्याका नागरिकलाई एक हजार अमेरिकी डलरसहित अर्को होटलबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
काठमाण्डौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेकाे छ ।