‘निलुवा समाज पाेर्चुगल’ गठन, अध्यक्षमा डिलाराम सुवेदी

जापान । पाेर्चुगलकाे लिस्बनमा निलुवा समाज पोर्चुगलकाे गठन भएकाे छ । नेपाली नयाँ वर्षकाे अवसर पारेर उक्त समाजकाे गठन गरिएकाे हाे ।

मिनी नेपाल भनेर पनि चिनिने बागलुङ जिल्ला गलकोट ‘सुन्दर निलुवा हाम्रो सान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने उद्देश्यका साथ निलुवा समाज पाेर्चुगल गठन गरिएकाे हाे ।

बागलुङ जिल्ला गलकाेट नगरपालिका चमुवामा जन्म स्थान भइ हाल पाेर्चुगलमा विभिन्न पेसामा संलग्न भइ बसाेबास गरेका दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई एउटै माला बनाउने उद्देश्यका साथ याे समाजकाे गठन भएकाे हाे ।

पाेर्चुगलकाे अल्मेदामा गएकाे अप्रिल १६ तारिकमा भएकाे याे समाजकाे अध्यक्षमा डिलाराम सुवेदी छन् भने उपाध्यक्षमा शिमलाल सुवेदी चयन भएका छन् । यसैगरी, सचिवमा जयलाल सुवेदी र सह सचिवमा केदार सुवेदी रहेका छन् । संस्थामा आर्थिक पारदर्शिता राख्नका लागि काेषाध्यक्ष पदमा विकास सुवेदीलाई राखिएकाे छ ।

संस्थाकाे सदस्यमा प्रविन सुवेदी, राजेन्द्र सुवेदी, राजेन्द्र शर्मा, यामलाल सुवेदी, महिला सदस्य गीता सुवेदी, धनबहादुर क्षेत्री चयन गरिएको छ । सल्लाहकारमा यामलाल सुवेदी राखिएकाे छ ।

याे समाज गठनका कारण बागलुङकाे चमुवावासीमा आइपरेका हरेक समस्याकाे सहजीकरण हुने र एक अर्कामा सहयाेग हुने संस्थाका अध्यक्ष डिलाराम सुवेदीले जानकारी दिए ।

कार्यक्रम सचिव जयलाल सुवेदीले सञ्चालन गरेका थिए भने संस्थाकी सदस्य गीता सुवेदीले स्वागत मन्तव्य राखेकी थिइन् ।

अर्का वक्ता, संस्थाका वरिष्ठ सल्लाहकार अशोक सुवेदीले जन्मभूमी र देशप्रतिको माया ममता र एक असल नागरिक हुनुको नाताले समाजको माध्यमबाट आफ्नो कर्तव्य र दायित्व पूरा गर्न प्रण लिने बताए । उनले यस्ता कामले आउने पुस्तालाई प्रेरणा, हौसला मिल्ने पनि बताए ।

उनले समाजमा उपलब्धिमूलक कार्यहरूलाई व्यवस्थित रूपमा योजनाबद्द ढंगले गर्नुपर्नेमा पनि जाेड दिए ।

यसैगरी, कार्यक्रममा ‘निलुवा समाज जापान’का प्रवक्तासमेत रहेका दीपक सुवेदी ‘विप्लव’ले विश्वभर छरिएर रहेका चमुवाका नागरिक एकजुट भएर काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने बताए । निलुवा समाज जापानकाे स्थापना सन् २०१५ मा भएकाे थियाे । उनले नवगठित निलुवा समाज पाेर्चुगलकाे सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना पनि दिए ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७