
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल सस्तो मूल्यमा बिकेर कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाएको आरोप लगाएका छन् ।
कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनीहरुले कम्युनिष्ट पार्टीको झण्डा राख्नुकाे कुनै अर्थ नभएकाे टिप्पणी गरे ।
उनले भने, ‘दुई तिहाई पुर्यायौं हामीले । पार्टी एकता गरेर । तर, टुप्पामा बस्ने नेताहरुलाई सहिसक्नु भएन र विके । यतिकै उनीहरुले कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला । सस्तो मूल्यमा बिके । केकस्तो मुल्य उहाँहरुलै जान्नुहोला ।’
उनले सबै पार्टीमा रहेका वामपन्थी र परिवर्तन चाहनेहरुलाई एमालेमा आउन आह्वान पनि गरे ।