प्रतितोला नौ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला नौ सय रुपैयाँ घटेको हो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१