उमेश राउतको गीत ‘यात्रा’ सार्वजनिक

काठमाडौं । गायक उमेश राउतको गीत ‘यात्रा’ सार्वजनिक भएको छ ।

लक्ष्मी थापाको शब्द र लाबोनी प्रमोदको संगीत रहेको गीतले प्रेमपिडा बोल्छ ।

गीतको संगीति संयोजन सचिन सिंहले गरेका हुन् ।

गीतको भिडियो पनि बनेको छ । जसमा प्रेमिकासँगको बिछोडपछि जिन्दगीका अनेकौँ सपना र यात्रा मोडिएको देखाइएको छ ।

भिडियोमा गायक राउत र गीतकार लक्ष्मीको अभिनय छ । भिडियोको छायांकन, सम्पादन र निर्देशन दिपेश गिरीले गरेका हुन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१