फिल्म ‘नाङ्गो गाउँ’ भदौ २९ मा रिलिज हुने

काठमाडौंं । हिमाल शर्माको प्रस्तुति रहेको फिल्म ‘नाङ्गो गाउँ’ भदौ २९ मा प्रदर्शन हुने भएको छ । निर्माण युनिटले फिल्मलाई महान् पर्व हरितालिका तीजको अवसर पारेर रिलिज गर्न लागेका हुन् ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका रहेको छ । फिल्मका निर्माता जय श्रेष्ठ हुन् ।

फिल्म ‘कबड्डी ४ र जारी’ चलेपछि दया र मिरुनाको जोडीको चर्चा पनि ह्वात्तै बढेको छ । यसैले, यो फिल्मप्रति दर्शकको चासो छ । निर्देशक दीपेन्द्र लामाले फिल्मको कथावस्तु गाउँ केन्द्रित रहेको बताए । फिल्मले सामाजिक कथावस्तुलाई बलियो तरिकाले प्रस्तुत गरेको उनको भनाई छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१