
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला ९ सय रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला २ सय रुपैयाँ घटेको हो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।
आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो ।