रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टरसँग विवाह गर्दै रियाशा

काठमाडौं । कलाकार  तथा माेडल रियाशा दाहाल रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग विवाह गर्ने भएकी छन् ।

उनीहरूले करिब तीन वर्षदेखिकाे प्रेम विवाहमा परिणत गर्न लागेका हुन् ।

भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टरबीच यही २२ वैशाखमा विवाह हुने लागेको रियाशा निकट श्रोतले बताएको छ ।

रियाशा युट्यूवमा प्रशारण हुने भिडियो सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन् । उनी पछिल्लो समय ‘गाह्रो छ हो’ अभिनयमा ब्यस्त छिन् ।

भिक्टर चाहीँ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । ३६ लाख बढी लाइक भएको पेज युवा पुस्तामाझ निकै लोकप्रिय छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१