लक्ष्मण सुवेदीको फिल्म ‘सतिदेवी’ को छायांकन सुरू

काठमाडौं । लक्ष्मण सुवेदीको निर्देशन, निर्माण तथा लेखन रहेको फिल्म ‘सतिदेवी’ को छायांकन सुरू भएको छ ।

सोमबार भद्रकाली मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरू गरिएको हो । निर्देशक सुवेदीले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गर्दै फिल्मको छायांकन सुरू भएको जानकारी दिएका हुन् ।

निर्देशक सुवेदीका अनुसार फिल्मको नाम सतिदेवी भए पनि हिन्दु धर्मकी देवी सतिदेवीबारे हुने छैन । फिल्मले एक ग्रामीण युवतीको संघर्षको कथा भन्नेछ ।

फिल्ममा मलिका महत, भोलाराज सापकोटा, कुलदीप अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, सन्दीपबाबु लोहनीलगायत कलाकारको अभिनय रहनेछ ।

फिल्म दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको ब्यानरमा निर्माण हुनेछ ।

‘यात्रा’ बाट फिल्म क्षेत्रमा डेब्यू गरेकी मलिका पछिल्लो समय फिल्म ‘पानीफोटो’ मा देखिएकी थिइन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१