• २०८३ जेठ २२
  • 2026 June 05, Friday

थप ११३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८१० नमुनामध्ये ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ४४ जनाको एन्टीजे परीक्षण गर्दा ४९ जना गरी ११३ जनामा कोरोना देखिएको हो ।

यस्तै, कोरोनाको सक्रिय संक्रमितको संख्या ३६२ पुगेको छ भने संस्थागत आईसोलेशनमा २९ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

संक्रमण बढेसँगै कोरोनाविरुद्धको बुस्टर डोज खोज लगाउन स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ ।