
काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म ‘किसीका भाइ किसीकी जान’ गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ ।
उक्त चलचित्रले भारतीय बक्स अफिसमा औसत कमाइ गरेको छ । हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले चार दिनमा ७८ करोड ३४ लाख भारू कमाइ गरेको छ ।
१५ करोड ८१ भारूको ओपनिङ गरेको फिल्मले दोस्रो दिन २५ करोड ७५ लाख, तेस्रो दिन २६ करोड ६१ लाख र चौथो दिन १० करोड १७ लाख कमाइ गरेको हो ।
इदमा चार वर्षपछि सलमानको फिल्म ‘किसीका भाइ किसीकी जान’ रिलिज भएको हो ।
फरहाद सम्जीले निर्देशन गरेको फिल्म ‘किसीका भाइ किसीकी जान’ मा सलमान खान, पूजा हेगडे, दग्गुबती वेंटकेश, राघव जुयाल, शहनाज गिल, पलक तिवारी, जस्सी गिल, सिद्धार्थ निगमलगायत कलाकारको अभिनय छ । फिल्मको कथा सलमानले तयार पारेका हुन् ।