फिल्म ‘चोर पुलिसः टम एन्ड जेरी’मा सौगात र अर्पण

काठमाडौं । सौगात मल्ल र अर्पण थापाको मुख्य भूमिकामा फिल्म ‘चोर पुलिसः टम एन्ड जेरी’ बन्ने भएको छ ।

बुधबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेका हुन् ।

म्याक मिडिया एन्ड सर्विसेस प्रालिबाट निर्माण हुन लागेको फिल्म कमेडी जनरामा बन्ने छ । फिल्मलाई सुदिप चन्द्र बख्रेलले निर्माण गर्न लागेका हुन् ।

मुकुन्द भट्टको निर्देशन रहने फिल्ममा सौगात र अर्पणसँगै शक्ति श्रेष्ठ, पुष्प खड्का, अनुप विक्रम शाही, कामेश्वर चौरसिया, सुपर गुरूङ, इन्दप्रसाद खरेल, प्रमिला उप्रेतीलगायत कलाकारको अभिनय रहनेछ। फिल्मका लागि अभिनेत्री छनोट हुन बाँकी रहेको निर्देशक भट्टले बताए।

फिल्मको कथा निर्देशक भट्टसँगै नरेश नाथ योगी र सुमन सुनारले तयार पारेका हुन् ।

यो फिल्मलाई पुरूषोत्तम प्रधानले छायांकन गर्नेछन् । फिल्मको छायांकन अमेरिका, क्यानाडा, अस्ट्रेलिया र नेपालमा हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१