
काठमाडौं । ठूला राजनीतिक दलले समयमा संसदीय समितिमा रहने सदस्यको नाम नदिँदा आजको प्रतिनिधिसभाको कार्यसूची परिमार्जन गरिएको छ ।
संघीय संसद सचिवालयले हिजो नै आजको संसद बैठकको सम्भावित कार्यसूची प्रकाशन गर्दै संसदीय सुनुवाई समिति र विशेष समिति गठनको विषय उल्लेख गरेको थियो ।
तर बुधबार संसद बैठक बस्नुपूर्व बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलले समितिमा रहने सदस्यको नाम नदिएपछि कार्यसूची फेरिएको हो ।
प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समिति र संयुक्त समितिको गठन हुन नसक्दा संसदको विजनेश प्रभावित हुँदै आएको छ ।
संसदीय सुनुवाई समिति बन्न नसक्दा र संवैधानिक परिषद सम्बन्धी संसोधन विधेयक पारित हुन नसक्दा संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको ढोका खुल्न सकेको छैन ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन (आ.व) २०७८–०७९० पेस गर्ने कार्यसूची मात्रै तय गरिएको छ ।