गायक रामकृष्ण ढकालको गीत ‘माया हुन्छ भनन’ सार्वजनिक

काठमाडौं । वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाको संगीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘माया हुन्छ भनन’ सार्वजनिक गरिएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा ज्ञानेन्द्र गदालको शब्द र दीक्षित पौडेलको एरेन्ज छ । गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।

बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको भिडियोमा प्रेम र रोमान्स देखाउन खोजिएको छ । भिडियोमा गायक रामकृष्ण ढकाल र नायिका केकी अधिकारीको अभिनय छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१