प्रियङ्का र नाजिरले अभिनय गरेका गीत ‘लभ पर्ला जस्तो छ’ सार्वजनिक

काठमाडौं । गायक संगम शेर्मा लिम्बु र गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत ‘लभ पर्ला जस्तो छ’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत राजनराज शिवाकोटी, एरेन्ज दिवेश राईको छ ।

छमछम नचाउने शैलीको लोक पप गीतको भिडियोमा अभिनेत्री प्रियङ्का कार्की र अभिनेता नाजिर हुसेनले अभिनय गरेका छन् । रोमान्टिक शैलीमा निर्माण गरिएको भिडियोमा कार्की र हुसेन प्रेम जोडीको रूपमा देखिएका छन् ।

भिडियो दिनेश माङ्मु लिम्बुले निर्देशन गरेका हुन् । राजीव समरको कोरियोग्राफी रहेको गीतको भिडियोमा सम्पादन र अनिल राना, छायाङ्कन अर्जुन तिवारीको छ । भिडियो नेपाल मिडिया ग्रुपले बाहिर ल्याएको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१