• २०८३ जेठ २२
  • 2026 June 05, Friday

युएईले दियो ओमानलाई २ सय ३७ रनको लक्ष्य

  • २०८० वैशाख १६, शनिबार ०६:५१

काठमाडौं । एसीसी प्रिमियर लिगअन्तर्गत जारी युएई र ओमानबीचको सेमिफाइनल खेलमा युएईले ओमानलाई २ सय ३७ रनको लक्ष्य दिएको छ ।

४९.२ ओभरमा पूरा विकेट गुमाउँदै युएईले २ सय ३६ रन बनायो । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले पहिला ब्याटिङ गरेको थियो ।

युएईका कप्तान मोहमद वासिमले सर्वाधिक ४८ रन बनाए । यस्तै रमिज शाहजात ४६, बसिल हमिद ३४, आसिफ खान ३४, रोहन मुस्ताफा ४, अरविन्द १८, आर्यन लार्का २५, अफजाल खान १० रन बनाए ।

त्यस्तै ओमानका बिलाल खान र जिस्हान माक्सोडले ४, ४ विकेट लिए भने आयान खानले २ विकेट लिए ।

 

 

  • २०८० वैशाख १६, शनिबार ०६:५१