
काठमाडौं । गायक रियालिटी शो नेपाल आइडल सिजन ३ मा उपाधि विजेताको मुख्य दाबेदार थिए, बर्दियाका प्रविण बेडवाल । उनै प्रविण बेडवालको नयाँ गीत सार्वजनिक भएको छ ।
ओएसआर डिजिटल युट्युब च्यानलमार्फत ‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक गरिएको हो ।
कवि मनोज सुवेदीको शब्द रहेको गीतमा महेश खड्काले संगीत भरेका छन् भने संगीत संयोजन महाराज थापाको रहेको छ ।
गीतको स्टुडियो भर्सन भिडिओ सार्वजनिक गरिएको हो । पुजा ठकुरीले निर्देशन गरेको भिडिओमा गायक बेडवाल र गीतकार सुवेदी देखिएका छन् ।
मुकेश हुमागाईंले छायांकन गरेको भिडिओलाई बिनोद बमले सम्पादन गरेका हुन् ।
साँचो प्रेम कुल्चेर गएपछि एक प्रेमीले व्यक्त गरेका भावना यस गीतमा समेटिएको छ । आफ्ना कवितामा प्रेमिल शब्दहरू लेख्न रूचाउने सुवेदीले गीतमार्फत कसैसँग प्रेम हुनु नै भुल भएको बताए ।