
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार गराएर आज स्वदेश फर्किने भएका छन् ।
राष्ट्रपति पौडेलको विभिन्न परीक्षण र उपचारपश्चात हाल स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भई आजै रातिको नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किने राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयको प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’‘। उहाँको विभिन्नि विभिन्न परीक्षण र उपचारपश्चात हाल स्वास्थ्यमा उल्लेख्य सुधार भएको हुँदा उहाँ अस्पतालबाट डिस्चार्ज भई आजै रातिको नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।’
वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारको लागि भर्ना भएका थिए । उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।
राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो। राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा.निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली संलग्न थिए ।