• २०८३ साउन १२
  • 2026 July 28, Tuesday

यूएईको ५ विकेट गुम्यो, सन्दीपले लिए मुस्तफाको विकेट

काठमाडौं ।  एसीसी प्रिमियर कप अन्तर्गत अहिले नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ।

यसै क्रममा नेपालले पाँच विकेट लिएको छ। नेपालका लागि करण केसीले २ तथा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले एक एक विकेट लिए।

८ रन बनाएर खेलिरहेका वृत्य अरविन्दलाई करण केसीले त्यसपछि आर्यन लाक्रालाई १३ रनमा आउट गरे। त्यस्तै ललितको बलमा रमिज सहजाद १ रन बनाएर आउट भए। रोहन मुस्ताफालाई लामिछानेले २ रनमा आउट गरे।

यस अघि कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए। उनी सोमपाल कामीको बलमा ललित राजवंशीले क्याच आउट गरेका थिए।

यो समाचार तयार पार्दासम्म युएईले १३ औं ओभरमा ५ विकेट गुमाएर ५१ रन बनाएर खेलिरहेको छ।