• २०८३ जेठ २२
  • 2026 June 05, Friday

त्रिवि मैदानमा दर्कियो पानी, खेल रोकियो

काठमाडौं । एसीसी प्रिमियर लिगअन्तर्गत जारी नेपाल र युएईबीचको फाइनल खेल पानि परेसँगै रोकिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा १६ ओभरको खेल भइरहँदा पानि दर्किएसँगै खेल रोकिएको हो ।

नेपालले टस जितेर पहिला बलिङ गरिरहेको थियो।

यसै क्रममा नेपालले पाँच विकेट लिएको छ। नेपालका लागि करण केसीले २ तथा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले एक एक विकेट लिए।

८ रन बनाएर खेलिरहेका वृत्य अरविन्दलाई करण केसीले त्यसपछि आर्यन लाक्रालाई १३ रनमा आउट गरे। त्यस्तै ललितको बलमा रमिज सहजाद १ रन बनाएर आउट भए। रोहन मुस्ताफालाई लामिछानेले २ रनमा आउट गरे।

यस अघि कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए। उनी सोमपाल कामीको बलमा ललित राजवंशीले क्याच आउट गरेका थिए।

१६ ओभरको खेल सकिँदा युएईले ५ विकेट गुमाँउदै ६० रन बनाएको छ ।