रिएल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीले गर्‍याे सप्ताहव्यापी ‍‘इन्फर्मेसन सेसन’ काे समापन

काठमाडौ. ।  पुतलीसडकमा अवस्थित रिएल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीले आफ्नै कार्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

उक्त पत्रकार सम्मेलनमा रियल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीका डाइरेक्टर वसन्त नेपालले आफु बेलायतको एजुकेशन सिस्टममा आएको परिवर्तन, भिजा प्रोसेसीङ, बेलायतका उत्कृष्ट विश्वविद्यालयहरूको बारेमा युनिभर्सिटीकै प्रतिनीधीलाई विद्यार्थीहरू र च्यानल पाट्नरहरूसंग साक्षात्कार गराउने उदेश्यका साथ आफु नेपाल आई सप्ताहब्यापी इन्फर्मेसन सेसन आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।

पत्रकार सम्मेलन मार्फत युनिभर्सिटी अफ इष्ट लन्डनका स्टुडेन्ट्स रिक्रूटमेंट एड्भाइजर प्रतीक गुप्ताले बेलायतको एजुकेशन सिस्टम र आफ्नो युनिभर्सिटीका बारेमा पत्रकारहरूलाई जानकारी दिएका छन् ।

ब्रिटिस एजुकेशन सिस्टमको बारेमा ताजा अपडेटड इन्फर्मेसन गराउन यो साता भरी युनिभर्सिटी अफ बेष्ट लण्डन, युनिभर्सिटी अफ इष्ट लन्डन, बर्मिङ्घम सिटी युनिभर्सिटी, युनिभर्सिटी अफ वेर्केष्टर र सेन्ट जोन युनिभर्सिटीका बारेमा यस हप्ता भरी रीएल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीले सप्ताब्यापी इन्फर्मेसन सेसन राखेको सिनीयर मार्केटिङ डिरेक्टर अर्जुन शर्माले जानकारी दिए ।

पत्रकार सम्मेलनमा पत्रकारहरूको विभिन्न जिज्ञासाहरूलाई आयोजकहरूले समाधान गरेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७