‘जवान’ मा दोहोरो भूमिकामा देखिँदै शाहरूख खान

काठमाडौं । बलिउड अभिनेता शाहरूख खानको फिल्म ‘जवान’ निर्माण घोषणा गरिएसँगै चर्चामा छ । भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यो फिल्म जुन २ मा प्रदर्शन हुनेछ ।

शाहरूखको फिल्म ‘जवान’ दक्षिण भारतीय अभिनेता कमल हसनको फिल्म ‘ओरू कैदियिन डायरी’ बाट प्रभावित हुनेछ । यसै फिल्मलाई सन् १९८६ मा अमिताभ बच्चनको फिल्म ‘आखिरी रास्ता’ नाममा रिमेक गरिएको थियो ।

दुवै फिल्म बक्स अफिसमा हिट सावित भएको थियो । फिल्ममा अमिताभ बच्चन र कमल हसन बुवा र छोराको दोहोरो भूमिकामा देखिएका थिए । यी दुवै फिल्म बदलाको भावनामा आधारित थियो ।

जवानका निर्देशक एटली कुमार कमल हसनको प्रशंसक हुन् तर यसबारेमा निर्माण टिमले कुनै आधिकारिक जानकारी दिएका छैनन् ।

फिल्ममा शाहरूख खानसँगै नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रालगायत कलाकारको अभिनय रहने छ ।

शाहरूख खान राजकुमार हिरानी निर्देशित फिल्म ‘डंकी’ मा पनि देखिनेछन् । यो फिल्म डिसेम्बरमा प्रदर्शन हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१