• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

मोबाइल व्यवसायीको बिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गरिदिने

काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल मोबाइल व्यवसायी महासङ्घबिच बिमा सम्बन्धी सम्झौता भएको छ ।

कर्मचारीहरूको सामूहिक दुर्घटना बिमा र सहज सेवा उपलब्ध गराउनका लागि सङ्घ र इन्स्योरेन्सबीच बिमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चकी क्षेत्री र महासङ्घका अध्यक्ष भरत भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा नेपाल मोबाइल व्यवसायी महासङ्घसँग आबद्ध सम्पूर्ण सदस्यहरूको पसलमा रहने विभिन्न ब्रान्डका मोबाइल फोनसेट, फर्निचर, फिक्सिङ्ग को सम्पत्ति बिमा, चोरी बिमा तथा सो सँग सम्बन्धित अन्य सरसामानहरू, सदस्यहरूको अन्य सम्पत्ति तथा सवारी साधनहरू, सदस्य र कर्मचारीहरूको सामूहिक दुर्घटना बिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीबाट नियमअनुसार गराउन गराउने गरी दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

इन्स्योरेन्सले दाबी भुक्तानी प्रक्रियाका लागि सर्भेवर नियुक्ति सरल र सहज रूपमा तुरुन्तै व्यवस्थापन गराउने भएको हो ।

इन्स्योरेन्सल दाबी सम्बन्धित सम्पूर्ण आवश्यक कागजातहरू प्राप्त भए पश्चात् ५० हजार सम्मको दाबी ७ दिन भित्र र २ लाख सम्मको दाबी २ हप्ता भित्रमा र सोभन्दा बढीको दाबी ३ हप्ता भित्रमा फर्छ्यौट गरिने कुरामा दुवै पक्ष सहमति हुने सम्झौतामा उल्लेख गरिएको छ ।