ऐश्वर्या रायको फिल्म ‘पिएस २’ काे कमाइ ११० करोड

काठमाडौं । मणिरत्नम निर्देशित फिल्म ‘पोन्नियिन सेल्वन-पिएस २’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले विश्वव्यापी रूपमा ११० करोड भारू कमाएको छ ।

शनिबार तमिल भाषामा २० करोड २६ लाख भारू कमाएको फिल्मले आइतबार २२ करोड ३९ लाख कमाएको छ । फिल्मले तमिल भाषामा दुई दिनमै ६१ करोड १७ लाख भारू कमाएको हो ।

फिल्मले हिन्दी भाषामा ७ करोड भारू, मलयालममा ३ करोड ७३ लाख भारू, कन्नडमा ७ लाख भारू र तेलुगुमा ७ करोड ३७ लाख भारू कमाइ गरेको छ । घरेलु बक्स अफिसमा फिल्मले सबै भाषामा ७९ करोड ३४ लाख भारू कमाएको छ ।

फिल्ममा ऐश्वर्या राय बच्चन, चियान विक्रम, जयराम रवि, सरथकुमार, तृषा, अश्विन काकुमानद, शोविता धुलिपल, प्रभुलगायत कलाकारको अभिनय छ । फिल्म १९५५ को कल्की कृष्णमूर्तिको उपन्यास ‘पोन्नियन सेल्वान’ आधारित छ ।

यो फिल्म सन् २०२२ मा रिलिज भएको ‘पोन्नियिन सेलवन-पीएस १’ दोस्रो भाग हो । पहिलो भागले विश्वभरबाट ५ सय करोड कमाएको थियो ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१