
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गर्दा लागेको खर्च आफैँ व्यहोर्ने चाहना गरेको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीद्वारा जारी विज्ञप्तिमा उपचारका क्रममा लागेको खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको जानकारी गराइएको छ ।
वैशाख ६ गते एयर एम्बुलेन्सबाट भारत गएका पौडेल नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गरेर आइतबार राति स्वदेश फर्किसकेका छन् ।
उनको पेट र छातीमा समस्या देखिएको थियो ।
राष्ट्रपतिको उपचारमा राज्यकोषबाट खर्च नगर्न भन्दै चौतर्फी आलोचना भएको थियो ।