
काठमाडौं । भारतीय गायक पापोन नेपाल आउने भएका छन् । उनी एक सांगीतिक प्रस्तुति दिनका लागि काठमाडौं आउन लागेका हुन् ।
‘लिक्विड इन्टेलिजेन्स’ नामक मिडिया एजेन्सीले आयोजना गर्न लागेको कन्सर्ट सोल्टी होटेलस्थित प्रिवे क्लबमा वैशाख २३ गते हुनेछ । नेपालमा उनको यो पहिलो प्रस्तुति हो ।
गायक पापोनले ट्वीटरमार्फत नेपाल आउन पाउँदा खुशी व्यक्त गरेका छन् । ‘नेपालीहरूलाई भेट्न धेरै प्रतिक्षा गर्न सक्दिनँ,’ उनले लेखेका छन् ।
सांगीतिक प्रस्तुतिमा उनलाई अन्य १२ वाद्यवादकहरूले साथ दिनेछन् । टिकट खल्ती एपबाट किन्न सकिनेछ ।
गायक पापोन आफ्नो भावपूर्ण र मनमोहक प्रस्तुतिको लागि चिनिने गर्छन् । उनका ‘जिए क्यूँ’ र ‘मोह मोह के धागे’ जस्ता गीत चर्चित छन् ।